१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीमा विवाद गर्नु निरर्थक, विशद्ध विकासे आयोजना हो : महन्थ ठाकुर


455
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताउनुभएको छ ।

जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रूपमा विकाससँंग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताउनुभयो ।

उहाँले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपूर्ण हुने तर्क गर्नुभयो ।

अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको सम्बन्धमा सरोकारवाला निकायले आफनो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताउनुभयो ।

\उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिनेसमेत उल्लेख गर्नुभयो ।