
सिन्धुली ।ओमिक्रोन भेरिएण्टको संक्रमणदर घटेसँगै सिन्धुलीको ऐतिहासिक शक्तिपीठ कमलामाई स्थानमा पुजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ ।
हिउँद लागेसँगै कमलामाई स्थानलाई गरेको भाकल दिने र वनभोज जानेको संख्या दैनिक रुपमा बढेको छ । पुजा आराधना गरी पाठी, बोका, परेवा, हाँस, कुखुरा, परेवाको बली चढाएर कमलामाईको भाकल बुझाउँदा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।
करिब एक हजार ३० वर्ष पहिले स्थापना भएको विश्वास गरिने कमलामाई स्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मानिन्छ ।
वि.स.१९०० पछि सिन्धुलीगढीमा वहाल रहेका वडाहाकिमहरुले कमलामाई स्थानमा विभिन्न भौतिक संरचनाहरु निर्माण गरेर तथा विभिन्न सर–सामानहरु चढाएर सघाएको इतिहास छ ।
प्रतिक्रिया दिनुहोस्