१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरको मौसमको अवस्था कस्तो छ त ?


169
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

आइतबार बिहान प्रदेश-१, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । त्यस्तै बाँकी प्रदेशको पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ।

तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबार दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने छ ।

आइतबार राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।