१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयोगले आजबाट दैनिक पत्रकार सम्मेलन गर्ने


182
Shares

काठमाडौं । निर्वाचन आयोगले आइतबारबाट दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिका विषयमा प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने जनाएको हो ।

कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आइतबारदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ ।