
अर्घाखाँची । अर्घाखाँची जिल्लाका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर शितगंगा नगरपालिका११ को दोबाटामा संचालनगरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सोही नगरपालिकाका अन्य वडामा पनि खोपको पहुँचबाट अधिकांश नागरिक छुटेकाले सोही अभियानलाई निरन्तरता दिने स्वस्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बिकले जानकारी दिनुभयो । त्यस्तै सो शिविरमा ,कोभिड १९को परिक्षण, क्षयरोगको जाँच तथा उपचार,औंलो रोग आदिको जाँच समेत गरिएको उहाँले बताउनुभयो ।
२ सय भन्दा बढी नागरिकले दुर्गम क्षेत्रमा सेवा पाउँदा सो ठाउँकानागरिक निकै उत्साहित समेत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्