१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंमा पनि देखापर्‍यो बर्डफ्लु


1.755k
Shares

काठमाडौं, फागुन १ । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ ।

काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै विभागले काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा बर्डफ्लु देखिएको जनाएको हो ।

पक्षिंमा देखिने यो रोग नियन्त्रणका लागि स्थानिय निकायको समन्वयमा विज्ञ परिचालन समेत गरिसकेको विभागले जनाएको छ । टोलीले रोग देखिएका क्षेत्रका कुखुरा नष्ट गरेको जनाएको छ ।

रोग नियन्त्रणका लागि पशुपक्षिं फार्ममा जैविक सुरक्षाका विधि अबलम्बन गरी फार्म निसंक्रमणका साथै पंक्षी तथा पक्षिंजन्य उत्पादनको ओसारपसार गर्दा ध्यान दिन समेत विभागले आग्रह गरेको छ ।