
एजेन्सी । ट्रक चालकको हड्तालका कारण क्यानडा र अमेरिकामा संकट देखिएको छ ।
चालकहरुले सयौं ट्रक अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवात जावत ठप्प पारेका छन् ।
जसका कारण अकेरिकाबाट हुने सामान आयात निर्यात पूर्णरुपमा बन्द भएको हो । उनीहरुले खोप कार्यक्रम र प्रधानमन्त्री जस्टीन ट्रुडो विरुद्ध लगातार नाराबाजी गरिरहेका छन् । ५० हजार भन्दा बढी प्रदर्शनकारीले पूलमा जम्मा भएर विरोध प्रदर्शन गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
जसका कारण अन्टेरियोमा आपतकाल घोषणा गरिएको छ । करिब दुई किलोमिटर सडकमा सयौँ ट्रक रोकेर राखिएको छ भने पुलबाट प्रदर्शकारीलाई हटाउने प्रहरीको प्रयास असफल भएको छ । क्यानडाका प्रधानमन्त्री ट्रुडोले क्यानडा प्रवेशका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरेपछि ट्रक चालकको संगठनले राजधानी ओटावा लगायत विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।
ट्रक चालकको प्रदर्शनमा अन्य व्यक्तिले पनि समर्थन जनाएकाले प्रदर्शनमा सहभागि हुनेहरुको संख्या बढ्दै गएको छ । क्यानडा र अमेरिकालाई जोड्ने पुलबाट प्रदर्शनकारीलाई हटाउन अदालतले आदेश दिएको थियो । यता प्रदर्शनकारीले भने अनिवार्य खोपको नियमले आफ्नो परिवारमा प्रभाव पर्ने भन्दै शान्तिपुर्ण आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्