६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कोरोनाका कारण ३६ वषीय भिक्षुको निधन


637
Shares

काठमाडौं, फागुन १ । कोरोना संक्रमणका कारण पहिलो पटक नेपाली थेरवाद बौद्ध भिक्षुको निधन भएको छ ।

३६ वर्षको उमेरमा थेरवाद बौद्ध भिक्षु विनितको लस एन्जलस, अमेरिकामा उपचारका क्रममा शनिवार निधन भएको हो ।

अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, लस एन्जलस, अमेरिकामा करिव १० वर्ष देखि ध्यान भावना र धर्म अभ्यास गर्दे आउनु भएका भिक्षु विनितले सन् २००५ मा उपसम्पदा प्राप्त गर्नु भएको थियो ।

गृहस्थ नाम मनोज महर्जन रहेका भिक्षु विनितले श्रीलंकाबाट उच्च बौद्ध शिक्षा हासिल गर्नु भएको थियो । अखिल नेपाल भिक्षु महासंघले कोरोनाका कारण भिक्षु विनितको निधन पहिलो घट्ना भएको जनाएको छ ।

अमेरिकाको सो बौद्ध ध्यान केन्द्रमा सात जना भिक्षुहरुमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।