
काठमाडौं । क्यानाडाका ट्रक चालकको हड्तालले सीमा नाघेपछि प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको छ ।
लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवातजावत ठप्प पारेपछी प्रहरीले बल प्रयोग गरी उनीहरुलाई तितरबितर पारेको छ ।
सोही क्रममा केहीलाई गिरफतार गरिएको हो । आन्दोलनकारीहरुले पुलमा ट्रक तेर्साएपछी क्यानाडाा र अमेरिकाबीचको सामान आयात निर्यात पूर्णरुपमा बन्द समेत भएकोथियो ।
आन्दोलन रोक्न अदालतको आदेशको समेत वेवास्ताा गरेका ट्रक चालकहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलान जारी राख्ने अडान राखेका छन् ।
क्यानडामा प्रधानमन्त्री कोरोना विरुद्धको खोप अनिवार्य गरेपछि ट्रक चालकको संगठनले राजधानी ओटावा लगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्