१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सभामुख सापकोटाद्वारा आज सर्वदलीय बैठक आह्वान


182
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ ।

उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक फागुन ४ गते सारेर सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो।

प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग लगाएपछि विकिसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

संसदबाट एमसीसी सम्झौता अनुमाेदन गर्ने लेनदेनमा सत्ता गठबन्धनले जबराविरुद्ध महाअभियोग ल्याएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ ।