११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सरकारी कागजात किर्ते गर्ने चारजना पक्राउ


0
Shares

काठमाडौं, फागुन १२ । नेपाल प्रहरीले सरकारी कागजात किर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात किर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ । पक्राउ परेकालाई सरकारी छाप किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस