
काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ ।
पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो ।
गाउँलेहरु भेला भएर ती ब्यक्तिलाई ढुंगाले हानेर हत्या गर्ने निर्णय नै गरेको जनाइएको छ । हत्या लगत्तै शव रुखमा झुन्डाइएको थियो । ढुंगाले हानेर हत्या गर्ने निर्णय भएको थाहा पाएर गएको प्रहरीले आरोपितलाई नियन्त्रणमा लिए पनि भीडले पुलिसबाट खोसेर हत्या गरेको समाचारमा जनाइएको छ ।
पाकिस्तानमा इस निन्दाको आरोपमा यसरी ब्यक्तिको हत्या भएको पहिलो घटना भने होइन् । गत डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एक जना श्रीलंकनको हत्या गरिएकोथियो ।
प्रतिक्रिया दिनुहोस्