
झापा । झापा जिल्लामा मोवाइलको विषयलाई लिएर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीले मोवाइल विगारेको भन्दै तामाङले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गरी श्रीमतीको हत्यामा सम्लग्न तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कानूनी कारवाहीका लागि तामाङलाई सीमा प्रहरी कार्यालय पृथ्वीनगरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्