१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सोलुखुम्बमा सोलु प्रसारण लाइन सञ्चालनमा


104
Shares

सोलुखुम्बु । सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रशारण लाइन सञ्चालनमा आएको हो । प्रशारण लाइन ३ वर्ष ढिलो गरी प्रशारणमा आएको हो ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रशारण लाइनलाई सोमबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३ सय २ वटा रहेकोछ ।

सोलु करिडोर प्रशारण लाइन आयोजना अन्तर्गत तिङ्लामा १ सय ३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सवस्टेसन निर्माण गरिएको छ ।अब तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुनेछ।

तिङ्ला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने र चुहावट पनि घट्ने बताइएको छ ।