११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


२४ घण्टामा थपिए ७४७ संक्रमित, ८ जनाको मृत्यु


351
Shares

काठमाडौं, फागुन २ । देशभर पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

सोमबार २३१९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् ।