१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


३ फीट भन्दा कम उचाई भएकी ३२ वर्षीया महिलाको झण्डै ६ फीटको १९ वर्षीय प्रेमी

सामाजिक संजालमा आलोचना

260
Shares

काठमाडौं । ३ फीट भन्दा कम उचाई भएकी ३२ वर्षीय महिलाले आफुभन्दा १३ वर्ष कम उमेर भएको युवकलाई प्रेमि बनाएपछि सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

अमेरीकाकी ३२ वर्षकी सेसी केसी र उनको १९ वर्षीय प्रेमि ब्लेकले अहिले आलोचना खेपिरहेका छन् । सेसी करिब २ फीट १० इन्चकी मात्रै छिन् भने उनको प्रेमि ब्लेक ५ फीट ७ इन्चका छन् । सेसीलाई ३२ वर्षको उमेरमा १९ वर्ष पनि पार नगरेको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै आलोचना गरिएको हो । त्यस्तै उनलाई बारमा काम गर्ने गरेको भनेर पनि आलोचना गरिएको छ ।

उता ब्लेकलाई पनि सानो उमेरमा ३२ वर्षीया महिलासँग प्रेम सम्बन्ध राखेको भनेर आलोचना गरिएको छ । तर सामाजिक सञ्जालमा आलोचित भएतापनि उनीहरु दुबै जस्तोसुकै कठिन परिस्थितिमा पनि एक–अर्काका लागि मरिमेट्छन् । उनीहरु एक–अर्कालाई धेरै माया पनि गर्छन् । ब्लेक सेसीसँग विहे गर्न पनि चाहान्छन् । उनी भन्छन्–‘ सेसी राम्रो मन भएकी महिला हुन् । उनी मलाई खुसी राख्छिन् । मलाई उनको उचाई र कामसँग केहि फरक पर्दैन’। उनीहरुको भेट फेसबुक मार्फत भएको थियो । १ महिना डेटिङ गरेपछि उनीहरुले सँगै बस्ने निर्णय गरेका हुन् ।

‘डेली स्टार’ रिर्पोटका अनुसार जब सेसी जवान थिइन्, डाक्टरहरुले उनलाई कार्टिलेज – हेयर हाइपरप्लासिया भएको बताए ।यो यस्तो अवस्था हो जसमा हड्डीहरुको लम्बाई बढ्दैन । जसले गर्दा उचाई बृद्धि हुदैन् । उनको उचाई सामान्य भन्दा धेरै कम छ । तरपनि उनले यसलाई आफ्नो कमजोरीको रुपमा लिएकी छैनन् ।

उनी आफ्नो तस्वीर र भिडीयोहरुलाई इन्टाग्राम मार्फत सार्वजनिक गरिरहेकी हुन्छिन् । उनको २ लाख भन्दा बढि संख्यामा फलोअर्स छन् ।

एजेन्सीको सहयोगमा