
काठमाडौं, फागुन २ । सोमबार प्रणय दिवस । उपत्यकाका सबै उपहार पसलहरुमा छुट्टै रौनक देख्न सकिन्छ । अङग्रेजी महिना फेब्रुवरी १४ विश्वभर प्रेम दिवसका रुपमा मनाइँदै आएको छ ।
कोरोनाको महामारीका कारण अरु क्षेत्र जस्तै आर्थिक चपेटामा परेको उपहार पसलहरुमा गतवर्षको तुलनामा ग्राहकको संख्या बढेको छ । उपहार पसलमा उपलब्ध मध्य गूलाफको फूल बढी मात्रामा बिक्री भएको व्यापारीहरु बताउछन् ।
तर बिडम्बना के छ भने ती सवै फूलहरु नेपाल बाहिरबाट खरिद गरेर ल्याउने गरिन्छ । फूलमात्रै होइन उपहारका रुपमा प्रयोग हुुने अधिकाशं सामाग्री विदेशबाट आयात गरिन्छ । यसरी बाहिरी मूलुकबाट राजस्व तिरेर सामाग्री ल्याउनुभन्दा उचित वातावरण भए नेपालमै फूल उत्पादन गर्न सकिने व्यवसायी बताउँछन् ।
व्यापार घाटा अत्यधिक बढेपछि गुलाफ फूललगायतका सामग्री आयातमा राष्ट्रबैंकले कडाई गरेको छ ।
प्रतिक्रिया दिनुहोस्