११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


देशको समृद्धिका लागि आर्थिक नीतिमा सुधार हुनुपर्छ : गृहमन्त्री


0
Shares

चितवन, फागुन १२ । गृहमन्त्री रामवहादुर थापाले मुलुकको समृद्धिका लागि औद्योगिक तथा आर्थिक नीतिमा सुधार हुनुपर्ने बताएका छन् ।

चितवनको रत्ननगर उद्योग वाणिज्य संघ र व्यापार तथा निकासी प्रवद्र्धन निकासी केन्द्रको आयोजनामा सोमबारदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्धीको नारा पुरा गर्न नीतिहरुमा सुधार गर्नुपर्ने बताए ।

गरिबी र पछौटेपनबाट मुक्ति पाउन राज्यले समृद्धीको नारा लिएको भन्दै यसमा सबैको साथ चाहिने उनको भनाइ थियो ।