
पोखरा, फागुन १२ । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा काठमाडौंका २५ वर्षिय सुमित लुइँटेल छन् । सोमबार दिउँसो चालक बिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको प्रहरीले जनाएको छ ।
डुंगामा तीन जना चढेपनि अन्य दुई जनालाई भने सकुशल उद्दार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए ।
उद्धार गरिनेमा काठमाडौंकै रुपेश अधिकारी र सुविन चालिसे छन् । ‘चलाउँदा चलाउँदै डुंगामा पानी भरिएर पल्टिएको उद्धार गरिएकाहरुले बताएका छन् ।
फेवातालमा डुंगा चढ्दा र चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ । हराइरहेका लुइँटेलको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्