
काठमाडौं । मधेस प्रदेशको प्रदेशसभाको बैठक यहि फागुन १० गते दिउँसो २ बजे बस्ने भएको छ ।
आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएकोथियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।
गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गर्नु भएकोथियो ।
प्रतिक्रिया दिनुहोस्