२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


तेह्रथुमा एक घरमा आगलागी हुँदा सम्पूर्ण सामान नष्ट


143
Shares

तेह्रथुम । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएकोछ ।

बिहान ६ बजेदेखि अर्जुन अधिकारी बसेको घरमा आगलागी भएको हो । आगलागीबाट सोही घर जलेर नष्ट भएको हाे। नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, म्याङलुङ नगरपालिकाको दमकल र बजार बासीले आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो

आगलागी के कारणले भएको भन्नेबारे अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । आगलागीबाट मानवीय क्षती भने भएको छैन । आलगाली हुँदा घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताउनुभयो । आगलागी भएको घर शिवकुमार लिम्वुको रहेको र उहाँ काठमाण्डौमा बस्दै आउनुभएको प्रहरीले जनाएको छ ।