
चितवन। चितवनको रत्ननगर नगरपालिकाले गोबरमल खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएको छ ।
रासायनिक मलको प्रयोग कम गर्दै किसानलाई प्राङ्गारिक खेतीतर्फ आर्कषित गराउन अनुदान दिएको नगरपालिकाले जनाएको छ । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ ।
एक टेलर मलको ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म खरिदविक्री हुँदैआएको छ । सो नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५ सय रुपैयाँ उपलब्ध गराउने छ ।एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन।
एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रुपैया अनुदान रकम पाउन नगरापालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्