
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा नेतृ कोइरालाले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो ।
अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने याड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताउनुभयो ।
नेतृ कोइरालाले एमालेसहितका सबै दलहरूले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताउनुभयो । उहाँले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्