२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिभुवन विमानस्थलमा ‘प्रिन्टेड टिकट’ अनिवार्य


2.652k
Shares

काठमाडौं, फागुन ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् ।

वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो ।

सोही अनुसार कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् । नम्बर मात्र लिएर आउने यात्रुको नाम, गन्तब्यसहित स्पष्ट नहुने भएकाले यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

टिकट हेर्न सजिलो होस् भनेर यो नियम लागू गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताउनुभयो । टिकट लिएका यात्रुले प्रिन्ट गर्नै झन्झट मान्दा विमानस्थलको सुरक्षा कमजोर हुने उहाँको दावी छ ।