२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी संसदीय दलको बैठक बुधबार बस्ने


65
Shares

काठमाडौं, फागुन ३ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार बिहान बस्ने भएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार दिउँसो १ बजे संसद बैठक बस्नु अघि समसामयिक विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठकको तयारी गरिएको जानकारी गराउनुभयो ।

संसद्मा सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगका विषय छलफलमा प्रस्तुत गर्ने बताइएको छ ।