१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षकलाई निर्देशन– ‘विद्यालय समयमा लोकसेवा र शिक्षकसेवाको तयारी नगर्नू’


182
Shares

काठमाडौं । सरकारले विद्यालय समयमा लोकसेवा आयोग र शिक्षकसेवा आयोगको तयारी नगर्न शिक्षकहरूलाई निर्देशन दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा शिक्षकहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने तथा सोसँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएकाले त्यस्तो नगर्न निर्देशन दिएको हो ।

मंगलबार मातहतका इकाइलाई परिपत्र गर्दै केन्द्रले यस्ता क्रियाकलाप तत्काल रोक्न स्थानीय तहमार्फत सम्बन्धित विद्यालय र शिक्षकहरूलाई निर्देशन दिन तथा इकाइमार्फत नियमित अनुगनमको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको हो ।

केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरलाद्वारा जारी परिपत्रमा यस्ता क्रियाकलाप नरोके अनुगमानर्फत् विभागीय कारबाहीको प्रक्रिया अघि बढाउनसमेत भनिएको छ ।