१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा

ज्ञानेन्द्र शाहीकाे अभियान राप्रपामा समाहित

2.561k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । बैठकले न्यायालय राजनीतिक दलहरूकै दबाव, प्रभाव, हस्तक्षेप र भागबण्डाका कारण धरासायी भएको राप्रपाको बुझाइ छ ।

राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल, हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ । समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो । सोही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।