
काठमाडौं । हाल देशमा पश्चिम न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
बुधबानर देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै,राती भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्