
रसुवा । उत्तरी रसुवाको सान्जेन खोलामा निर्माणाधीन १४ दशमलब ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको उपकरण जडानको काम तिब्र गतिमा भइरहेकोे छ ।
आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका प्राविधिकहरु काममा फर्किएसंगै कामले गति लिएको हो ।
आयोजनाको सिभिल निर्माणतर्फको सबै काम छ महिना अघि नै सकिएको थियो भने हाइड्रो मेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भइसकेकोमा छ ।
हाइड्रोमेकानिकलतर्फको बाँकी काम कोभिड–१९ का कारण चिनियाँ प्राविधिक र कामदार नआउँदा काम अघि बढ्न सकेको थिएन ।
अबको सात महिनाभित्र आयोजनाले विद्युत उत्पादन सुरु गर्ने दाबी आयोजना प्रमुख सुदनसिंह महतले गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्