४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


मलेसिया गएका धनकुटाका हर्कबहादुर ९ बर्षदेखि सम्पर्क विहिन


260
Shares

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध गरेका छन् ।

हर्कबहादुरकी आमा सुचिम्माका अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् ।

हर्कवहादुरका दुई छोरा र एक छोरी छन् । हर्कबहादुरकी श्रीमतीले निशा राईले करिब ७ बर्ष पहिले आत्महत्या गरेकी थिइन् ।