
पोखरा, फागुन १३ । कास्कीमा नेपाल विद्यार्थी संघले अनिश्चितकालिन शैक्षिक हड्तालको घोषणा गरेको छ ।
पक्राउ परेका आफ्ना विद्यार्थी नेताको रिहाईको माग गर्दै फागुन १५ देखि अनिश्चितकालिन शैक्षिक हड्तालको आह्वान गरिएको हो ।
नेविसंघका स्थानीय नेता रेशम हमाललाई प्रहरीले २ दिनअघि पक्राउ गरेको थियो । पृथ्वीनारायाण् क्याम्पस हाताभित्रैबाट प्रशासनको मिलेमतोमा हमाललाई पक्राउ गरिएको नेविसंघको आरोप छ ।
उनलाई विनाशर्त रिहा गर्नुपर्ने माग नेविसंघको छ । ठाउँ ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिएको नेविसंघले आज पोखरामा कुनै पनि सरकारी गाडी चल्न दिएको छैनन् ।
बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ ।
बिद्यार्थीहरुले ८ वटा सरकारी गाडी र ४ वटा सरकारी मोटरसाईकल नियन्त्रणमा लिएका छन् । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कडा कारबाही र प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको केकमा नेपालको नक्सा बनाएको भन्दै माफी माग्नुपर्ने माग विद्यार्थीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्