११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


कुलुङले पाथीभरा म्याराथन दौड जिते


0
Shares

ताप्लेजुङ, फागुन १२ । सोलुखुम्बुका सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बनेका छन् ।

ताप्लेजुङमा मंगलबार भएको दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेन्डको समयमा निर्धारित दूरी पुरा गरी खुला तर्फको दौडमा कुलुङ विजेता बनेका हुन् ।

यस्तै पाँचथर फिदिमका प्रताप थाम्सोहाङ दोस्रो र रुकुम मुसिकोटका दुर्गाराज बुढा तेस्रो भए । यता महिला तर्फको हाफ म्याराथन दौडमा भने जुम्लाकी सुनमाया बुढाक्षेत्री विजेता भईन् ।

उनले ४४ किलोमिटरको दुरी ३ घण्टा ३८ मिनेटमा पुरा गरिन् । यस्तै त्रिभुवन आर्मी क्लवकी सरिता वासी दोस्रो तथा धादिङकी रसिला तामाङ तेस्रो भएकी छन् ।

खुलातर्फका विजेताले १ लाख ५१ हजार, उप–विजेताले १ लाख ११ र तेस्रो हुनेले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । महिला तर्फका विजेता, उपविजेता र तृतियले क्रमशः ८१, ५१ र ३१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन आज म्याराथन दौड भएका हो । दौडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए ।