
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अन्तिम एक मिनेटमा पनि जुट्नसक्ने बताउनुभएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै मन्त्री बडूले सहमतिका लागि एक मिनेटको मात्रै समय आवश्यक पर्ने बताउनुभयो ।
‘सहमतिका लागि अन्तिम एक मिनेटको समय मात्र काफी हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै दलका बीचमा संवाद र सहमतिका लागि दुई दिनको समय सहमति र सहकार्यका लागि पर्याप्त हुन्छ ।’
बुधबारको संसद बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि माओवादी केन्द्रले सरकारबाट बाहिरिने चेतावनी दिएसँगै आजको बैठकमा एमसीसी टेबल नगरिएको हो ।
प्रतिक्रिया दिनुहोस्