
काठमाडौं । ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा प्य्राङ्कस्टार आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल घर भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय सेढाईंलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आकाश उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्