११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन


0
Shares

काठमाडौं, फागुन १३ । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ ।

९१ वर्षिय मुबारकको राजधानी कायरोस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न रोगसंग जुधिरहेका थिए ।

तीन दशकसम्म शासन गरेका मुबारकलाई सन् २०११ मा सेनाले पदच्यूत गरेको थियो ।

सन् २०११ मा प्रदर्शनकारीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई आजीवन कारावासको सजायँ सुनाइएको थियो । तर सन् २०१७ मा भने यो फैसला उल्टाइएपछि उनी रिहा भएका थिए । (एजेन्सी)