
पोखरा, फागुन ४ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार नै संघीयताको पहिलो आधार भएको वताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारको स्थापनाको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संघीयताको संस्थागत विकासका लागि प्रदेश र स्थानीय तहको जग बलियो हुनुपर्ने बताउनुभयो ।
लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्ने उहाँको भनाई छ । कार्यक्रमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले प्रदेश स्थापना भएको छोटो समयमा सरकारले जनताको मन जित्न सफल भएको बताउनुभयो ।
प्रदेश सरकारले गरेका विकास निमार्ण एंवम सेवा प्रवाहले प्रदेश सरकारको महत्व जनताले आत्मसाथ गरेको उहाँको भनाई छ । संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको उहाँको गुनासो छ । गण्डकी प्रदेशसभाले अहिलेसम्म ५० वटा ऐन पारित गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्