
काठमाडौं, फागुन १३ । प्रतिनिधिसभा अन्तर्गतको महिला, बालबालिका तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले संयुक्त राष्ट्रसंघ अन्तर्गतको सीड कमिटीले दिएको सुझावमा समितिको ध्यानाकर्षण भएको बताएकी छन् ।
मंगलबार समितिको बैठकमा भएको छलफलमा उहांले महिला अधिकार सुनिश्चित गर्न र महिला माथि हुने हिंसामा कमी ल्याउने गरी विज्ञहरुसंगको छलफलमा योजना समेत बनिसकेको बताइन् ।
राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्लेले सरकारले सीड कमीटीले दिएका सुझावहरु पुरा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्