१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काभ्रेमा वर्डफ्लु भित्रिन नदिन उच्च सर्तकर्ता


39
Shares

काभ्रे, फागुन ४ ।वर्डफ्लु भित्रिन नदिन काभ्रेमा उच्च सर्तकर्ता थालिएको छ ।

काठमाडौं उपत्यकाका केहि स्थानमा वर्डफ्लु संक्रमण देखिन थालेपछि बनेपा नगरपालिकाले कुखुरा व्यवसायी, पशु स्वास्थ्य प्राविधिक लगायत सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

काठमाडौंबाट भित्रिने मुख्य नाका साँगा र मंगलटारमा बेलैमा उच्च सतर्कता अपनाउन पशु विज्ञले सुझाव दिइएका थिए ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले साँगामा चेक प्वाइन्ट राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।