१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मध्यपहाडी लोकमार्गले फेरियो निसीवासीको जनजीवन


988
Shares

बागलुङ । मध्यपहाडी लोकमार्गले जोडिएपछि निसीखोलावासीको जनजीवन सहज बनेको छ ।

बागलुङ जिल्लाको सुदुरपश्चिममा पर्ने लोकमार्गले बीच भागबाटै चिरेर रुकुमसँग जोडिएपछि विकासका ढोकाहरु खुलेका छन् । यातायातको पहुँचसँगै स्थानीयले अन्य सेवा पनि सहज रुपमा लिन थालेका छन् ।

सडकले नजोडिँदा निसी–बागलुङ बजार आउन जान ६ दिन लाग्ने गथ्र्यो । सरकारी कर्मचारीले दुर्गम भत्ता खाने गर्थे । भने बसाइँसराइ गर्ने क्रम बढेको थियो । तर, यातायातको पहुँच पुगेपछि स्थानीयले घर नजिकैबाट सेवा सुविधाको उपभोग गर्न पाएको बताउँछन् ।

लोक मार्गले जोडिएपछि यातायातमा सहजता भएसँगै सामान ढुवानीमा समेत सजिलो भएको स्थानीय मनबहादुर घर्ती मगरको भनाई छ । खाद्यान्नलगायतका सामान ढुवानी गर्न घोडाखच्चडको प्र्रयोग गर्नु पर्ने बाध्यता हटेको भन्दै अहिले गाडीमार्फत ढुवानी गर्न थालेको घर्तीले बताउनुभयो ।

निसीखोलाको अधिकांश क्षेत्रमा विशेषगरि जडिबुटी, भाँगो र भेडाबाख्राहरु बढि मात्रामा उत्पादन हुने गर्छ । सडकले जोडिएपछि यहाँ उत्पादन हुने उत्पादित वस्तुहरु बजारसम्म पु¥याउन थप सहजता भएको छ । सडकसँग ग्रामीण क्षेत्र नजोडिँदा गाउँमा उत्पादन हुने सामग्रीहरु खेर गएको भन्दै अब गाउँमा उत्पादन भएका सामग्रीहरुले सहज रुपमा बजार पाउन थालेका छन् ।

निसीखोलाको वडा नम्बर ५ र ६ मा छुट्टै भेषभूषा, कला संस्कृति र रीतिरिवाजको उत्दगम स्थल भएको भन्दै प्रचारप्रसारमा समेत सहज भएको छ ।