
काठमाडौं । नायक पल शाह र नायिका पूजा शर्मा अभिनित नयाँ म्यूजिक भिडियो ‘किन शंका गर्छौ’ सार्वजनिक भएको छ ।
बिहीबार शिव दर्शन फिल्म्सले म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरेको हो ।
प्रमोद खरेल र मिलन नेवारको स्वर रहेको गीतमा गायत्री थापाको शब्द तथा राजकुमार बगरको संगीत छ ।
गीत रचनाकार गायत्री थापा शिवदर्शन फिल्म्सकी निर्देशक समेत हुन् ।गायन क्षेत्रमा पनि गायत्रीको उत्तिकै योगदान रहेको छ । ‘सुनको चुरा औठीनि सुनकैछ’ भन्ने बोलको गीत गायत्रीको चर्चित गीत हो । गुल्मीमा जन्मिएकी गायत्री कलाकारिताको अलवा सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छिन् ।
प्रतिक्रिया दिनुहोस्