२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री देउवा रअमेरिकी राजदूतबीच भेट


3.874k
Shares

काठमाडौं । एमसीसीलाई लिएर सत्ता गठबन्धनबीच तीव्र मतभेद भइरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

बुधबार दिउँसो बसेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि अमेरिकी राजदूत बेरीले साँझ देउवासँग छलफल गर्नुभएको हो ।

सत्तारुढ दलभित्रै एमसीसीलाई लिएर सहमति जुट्न नसकेपछि संकटमा परेका देउवाले सम्भावित विकल्पबारे राजदूत बेरीसँग छलफल गरेको बताइएको छ ।

अमेरिकाले यही फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी संसदबाट पास नगरिएमा फिर्ता लैजाने र त्यसले दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउने सक्ने चेतावनी पटक पटक दिइसकेको छ ।

सो समयभित्र पास नभएमा आगामी मार्चमा बसे एमसीसीको बैठकले नेपाललाई दिन लागिएको सहायता परियोजना फिर्ताको निर्णय लिने चेतावनी अमेरिकाले दिइसकेको छ ।