
काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपानेले दुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव संगालीसकेका छन् ।
माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रहेर काम गरेका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अनुभवी व्यक्ति मानिन्छन् ।
त्यस्तै उप महाप्रबन्धक पदमा बढुवा भएका प अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् ।
बैंकले नेपालभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २ सय एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । बैंकले १५ सय भन्दा बढिलाई रोजगारी प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्