४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


एमसीसी संसदमा टेबल गरेपछि आएको नतिजा स्वीकार्छौं : प्रधानमन्त्री देउवा


8.151k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्दै उहाँले पार्टी र संसदीय दलले सर्वसम्मत निर्णय गरेकाले एमसीसी संसद्मा टेबल गर्ने र नतिजा स्वीकार गर्ने बताउनुभयो ।

कांग्रेसको सर्वसम्मत निर्णय अनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको उहाँको भनाइ छ । एमसीसी पास गराउन एक मतले निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले आफू त्यसमा लागिराखेकाले फेल वा पास जे भए पनि राष्ट्रकै हितमा हुने पनि बताउनुभयो ।

फरक प्रसंगमा प्रधानमन्त्री देउवाले कांग्रेसका नेता÷कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको आरोप लगाउनुभयो । उहाँले पार्टीले राम्रो काम गरिरहेको भए पनि जस अरूलाई जाने, इष्र्याका कारण पार्टीको नगर्ने गरिएको उहाँको टिप्पणी छ ।

कांग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताउनुभयो । उहाँले कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताउनुभयो ।

महामन्त्री थापाले थापाले आफूलाई ठीक लागेको विषयमा कांग्रेस सधैं एउटै अडानमा रहने बताउनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्नुभयो ।