२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


फेरि सर्यो कांग्रेसको जिल्ला अधिवेशन, अब फागुन १५ गते


104
Shares

काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर १३ गते गर्ने भनिएको जिल्ला अधिवेशन २ दिन पर सारेर फागुन १५ गते गर्ने निर्णय गरेको हो ।

केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको र फागुन १३ गते कांग्रेस नेता महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको जानकारी दिनुभयो ।

मंसिर अन्तिम साता पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसको मधेश प्रदेशका आठ जिल्ला र बाँकी आठ जिल्ला गरी १६ जिल्लाको अधिवेशन हुन सकेको छैन ।

कांग्रेसले कैलाली, अछाम, बाँके, नवलपुर, मकवानपुर, चितवन, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाको अधिवेशन गर्न बाँकी छ ।

यस्तै, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको पनि जिल्ला अधिवेशन हुन सकेको छैन ।

निर्वाचन समितिले अधिवेशन हुन बाँकी वडा र पालिकाको अधिवेशन फागुन १० गतेसम्म गरिसक्ने पनि निर्णय गरेको छ ।