
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले ऋणात्मक रहेर थामियो ।
हिजो दोहोरो अंकले ओरालो लागेको बजार परिसूचक नेप्से यस दिन उतार चढावबीच २ अंक बराबरले ऋणात्मक रहेर २७ सय ३२ कायम भएर थामियो । मध्यान्ह नेप्से केही समय सकारात्मक समेत रहेर २७ सय ४५ सम्म पुगेपनि बृद्धि धेरै बेर टिक्न सकेन ।
कारोबार अझै खुम्चिएर सवा २ अर्ब हाराहारीमै सीमित रह्यो । यसले लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको विश्लेषण गरिएको छ । यस दिन ५ वटा उपसमूह हरियो रहेबाहेक अरु सबै रातो रहे ।
व्यापार, अन्य, जलविद्युत, उत्पादनमूलक र सामूहिक लगानी कोष बाहेक अरु समूह ओरालो लागेका हुन् । जीवन बीमा, विकास बैंक र वित्त समूह दोहोरो अंकले ओरालो लागेबाहेक अरु समूह सामान्य अंकले रातो रहेका हुन् ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ४० लाख १७ हजार कित्ता शेयर जम्मा २ अर्ब २८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्