१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिविमा नेविसंघको तालबन्दीको विरोधमा प्राध्यापकहरूको विरोध प्रदर्शन


169
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

प्राध्यापकहरूले विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विश्वविद्यालयको रजिष्ट्रार कार्यालय अघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए ।

प्रध्यापकहरूले विभिन्न विद्यार्थी संगठनले आ–आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरूले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिए, ।

सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा सुधारको माग गर्दै तालाबन्दी गर्दै आएको छ ।