
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले नेपाल विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।
आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।
नेपालले आयोजक ओमानविरुद्ध शुक्रबार अल अमेरात क्रिकेट मैदानमा ग्लोबल छनोटको पहिलो खेल खेल्दैछ ।
ओमानविरुद्धको खेल अघि प्रशिक्षक दासानायकेले नेपाल राम्रो अवस्थामा रहेको र खेलाडीहरु फर्ममा रहेको बताए । उनले ओमानमा भएको चारदेशीय टी–ट्वान्टी सिरिजमा खेलेका तीन खेलले खेलाडीलाई ओमानको कन्डिसन बुझ्न र उच्च स्तरको खेलका लागि तयार पार्न मदत गरेको बताए ।
कप्तान लामिछानेले विश्वकप छनोटका लागि चारदेशीय सिरिज विश्वकप छनोटको लागि एकदशै महत्वपूर्ण रहेको र छनोटका लागि टिम सक्षम रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्