
काठमाडौं, फागुन १४ । फागुन २८–२९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा कार्यक्रममा पूर्वअध्यक्षहरू चण्डी ढकाल र सुरज वैद्या उपस्थित थिए भने प्रदेश १, गण्डकी, ५, कर्णाली र सुदूरपश्चिमका अध्यक्षको पनि उपस्थिति थियो ।
यसअघि नै किशोरकुमार प्रधानले पनि विराटनगरबाट वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रधानलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारकाको समर्थन छ ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै ढकालले ‘समृद्धिको आधारः राज्य र निजी क्षेत्रको साझेदार’ आफ्नो नारा भएको बताए । आफू सानो व्यवसायबाट आएकाले साना ठूला सबै व्यवसायीको समस्या र पीडा राम्ररी बुझेको उनको दावी छ ।
प्रतिक्रिया दिनुहोस्