१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पुन: हिमपातका कारण सोलुखुम्बुमा अत्यधिक चिसो


0
Shares

सोलुखुम्बु, फागुन १४ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी तथा खुम्बु क्षेत्रमा भएको भारी हिमपातका कारण जाडो बढेपछि जनजिवन प्रभावित बनेको छ ।

फागुनको दोस्रो साता बित्दा पुनः हिमपात भएसँगै जाडो अत्यधिक चिसो भएको हो । यस वर्ष पटक पटक हिमपात र पानी पर्दा स्थानीय बासिन्दा तथा चौपायाहरु प्रभावित भएका हुन् ।

फर्किएको जाडोले चिसो अत्यिधक वृद्धि भएपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, पत्ताले, टाक्सिन्दु, वेनी जुभिङ्गलगायत सदरमुकाम तथा आसपासका डाँडाकाँडामा हिउँ परेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भएको छ ।

हिँउ परेपछि जिल्लाको माथिल्लो तथा तल्लो क्षेत्रमा अत्यधिक चिसो बढेपछि दैनिक काममा प्रभाव परेको छ ।