२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


अरुणडाँडामा पर्यटक बढ्दै, पर्यटकीय हबको रूपमा विकास गर्ने तयारी


455
Shares

भोजपुर । भोजपुरको अरुणडाँडा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।

पौवादुङमा गाउँपालिका–१ श्यामशिलास्थित बुद्धचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको यस क्षेत्रमा अहिले पर्यटकहरु भ्रमण तथा मनोरञ्जनका लागि आउने गर्दछन् ।

भोजपुरको पुर्वी पौवादुङमा गाउँपालिका– १ श्यामशिलामा रहेको धार्मिक, सास्कृतिक एंव पर्यटकीय क्षेत्र अरुण डाडाँमा अहिले आन्तरिक एंव वाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

यहाँबाट विभिन्न मनोरम डाँडा, हिमाल तथा बस्तीहरुको अवलोकन गर्न मिल्ने भएकाले दैनिक सयौं पर्यटकहरू आउन थालेका हुन् । यसअघि प्रचार–प्रसारको अभावसँगै भौतिक संरचना, सडक, खानेपानी लगायत नहुँदा ओझेलमा परेको यो क्षेत्र अहिले भने पर्यटकीय हवको रुपमा विकसित भएको छ ।

समुद्री सतहदेखि २७ सय मिटर उचाइमा करिब ८० रोपनी क्षेत्रफलमा फैलिएको अरुण डाँडामा हाल शिव र बुद्धको मुर्ती, सडक, विद्युत, खानेपानी, शौचालयको व्यवस्था गरेपछि पर्यटकहरु घुम्न आउन थालेका हुन् ।

धार्मिक, सांस्कृतिक एंव पर्यटकीय क्षेत्र अरुण डाडाँबाट देखिने मनोरम दृश्यहरुले पर्यटकहरुको मन लोभ्याउने भएकाले आफुहरु घुम्न आएको आन्तरिक पर्यटक दिपक बराल बताउँछन् ।

विदाको समय मिलाएर घुम्न आउँदा रमाइलो हुने भएकाले अरुण डाडाँलाई प्रचार प्रसारसगैँ व्यवस्थित गर्ने हो भने पुर्वकै उत्कृष्ट पर्यटकीय क्षेत्र बन्ने आन्तरिक पर्यटक कर्ण पुलामीको भनाइ छ ।
अरुण डाँडामा भएका पुराना प्राकृतिक संरचना यथावत राखेर यस ठाउँको विशेषता अनुसार नयाँ संरचना पनि निमार्ण गर्न सके पर्यटकहरुको आर्कषण अझ बढ्नेछ । साथै सडक निर्माण तथा पर्यटकहरुलाई खाना र बस्नको उचित व्यवस्था गर्न आवश्यक देखिन्छ ।